समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी
khabarhub.com · Wed Nov 04 07:55:07 UTC 2026

तेहरान – इरानले हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको दाबी गरेको छ। ती ट्याङ्करमा आगलागी भएको र अझै आगो निभिनसकेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले जनाएको छ।
आईआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ। इरानले अन्य दुईवटा जहाजलाई समेत रोकेको र जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)