नेपालको प्राकृतिक सुन्दरता र क्रिकेटप्रतिको उत्साहले प्रभावित भएँ : डेभिड मिलर
ratopati.com · Wed Nov 04 08:01:23 UTC 2026
काठमाडौँ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौँ आइपुगेका छन्। पहिलो पटक नेपाल आएका मिलरले यहाँको प्राकृतिक सुन्दरता र क्रिकेटप्रति नेपाली समर्थकको उत्साहबाट आफू प्रभावित भएको बताएका छन् ।
काठमाडौँ आइपुगेपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल निकै सुन्दर देश भएको बताए। विमानबाट देखिएका हिमाल र प्राकृतिक दृश्यले आफूलाई आकर्षित गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)