प्रेस काउन्सिलको अधिकार विस्तार गर्दै अध्यादेश, सामाजिक सञ्जालका सामग्री पनि निगरानीमा
barnanmedia.com · Wed Nov 04 07:53:26 UTC 2026

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
कानुन मन्त्रालय स्रोतका अनुसार कतिपय युट्युब च्यानल र फेसबुक पेज अनलाइन सञ्चारमाध्यमका रूपमा दर्ता भए पनि वेबसाइटमा सामग्री प्रकाशन नगरी सामाजिक सञ्जालमार्फत मात्रै समाचार तथा भिडियो प्रसारण गर्ने गरेका छन् । यस्तो अभ्यासलाई समेत पत्रकार आचारसंहिताको दायरामा ल्याउन अध्यादेशमा नयाँ व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)