ट्रम्पले इरान युद्धलाई दिए चुनावी हारको दोष
barnanmedia.com · Wed Nov 04 07:47:36 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटलाई बधाई दिएका छन् । तर उनले हारको व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गर्दै पार्टीका उम्मेदवारहरूको कमजोरीलाई दोष दिएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै आफूले यसलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गरे । उनले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न तयार रहेको बताएपनि आफूलाई मन नपर्ने विधेयकमा भिटो लगाउने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)