मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

ratopati.com · Wed Nov 04 08:12:36 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरेको छ । महानगर वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरिएकाे जानकारी दिएकाे हाे ।

साथै, महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ । महानगर वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर दीपावलीका अवसरमा यस्तो व्यवस्था सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)