मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

Breaking : मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

nepalviews.com · Wed Nov 04 08:07:58 UTC 2026

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्ति महानिरीक्षक मनोज केसी नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने तयारी रहेको स्रोतले जनायो ।

कार्कीलाई प्रहरी प्रमुखबाट हटाउने तयारी यसअघि नै भइरहेको थियो । उनको नाम बिचौलिया इनम सापकोटा प्रकरणमा पनि मुछिएको थियो । साथै रास्वपा सांसद खगेन्द्र सुनारले लामो समयदेखि कार्कीलाई आईजीपीबाट हटाएर कारबाही गर्नुपर्ने बताउँदै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)