कांग्रेस देउवा समूहको दलित सङ्घ अध्यक्षमा यमुना विश्वकर्मा
ratopati.com · Wed Nov 04 08:21:52 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्।
संयोजक डा.कोइरालाद्वारा हस्ताक्षरित पत्रमा पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई सङ्घको अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)