नवीकरणीय ऊर्जालाई नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छ : ऊर्जामन्त्री
ratopati.com · Wed Nov 04 08:30:39 UTC 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३० औँ वार्षिकोत्सव समारोहलाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराखी निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका हुन् ।
उनले पछिल्लो तीन दशकको उपलब्धिलाई मात्र पर्याप्त नमानेर नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यान दिँदै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)