मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एलपी ग्यासमुक्त पालिका बनाउने सरकारको तयारी, ऊर्जामा आत्मनिर्भर बन्न सम्भाव्यता अध्ययन गरिने

aarthiknews.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित कार्यक्रमबाट माथि उठाएर निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई राष्ट्रिय अर्थतन्त्र र ऊर्जा सुरक्षाको आधार बनाउनुपर्ने बताएका हुन् । तीन दशकमा हासिल भएका उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले अघि सारेको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणको लक्ष्य पूरा गर्न ठूला जलविद्युत् आयोजनासँगै सौर्य ऊर्जा, लघु जलविद्युत्, बायोग्यास र बायोमासको विकास तथा उपयोगलाई पनि समान महत्व दिनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)