मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दुई महिनापछि सञ्चालनमा आयो अनलाइन ठेक्का प्रणाली, पहिलेभन्दा सुरक्षित भएको दावी

corporatenepal.com · Wed Nov 04 08:26:39 UTC 2026

काठमाडौं । सरकारको सार्वजनिक खरिद अनलाइन प्रणाली दुई महिनापछि सञ्चालनमा आएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मङ्गलबारदेखि नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

योसँगै टेन्डरसम्बन्धी सबै काम अब अनलाइन प्रणालीबाट अघि बढ्ने भएको छ । पुरानो अनलाइन प्रणालीमा साइबर जोखिम देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ ११ देखि त्यो बन्द गरेको थियो । त्यसपछि कार्यालयले नयाँ प्रणाली बनाएर लागू गरेको हो, जुन पहिलेभन्दा सुरक्षित भएको दावी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)