साङ्गीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया उडिन् रचना
ratopati.com · Wed Nov 04 08:44:10 UTC 2026

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल अस्ट्रेलिया उडेकी छन् । अस्ट्रेलियामा हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’ मा साङ्गीतिक प्रस्तुति दिन उनी बुधबार अस्ट्रेलिया उडेकी हुन् ।
गायिका रिमालले फेसबुकमा आफ्नो यात्राको तस्बिर सेयर गर्दै अस्ट्रेलियामा हुन लागेका दुई ठूला कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएकी हुन् । उनले ‘यात्रा अस्ट्रेलियाको’ भन्दै आफ्नो उत्साह व्यक्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)