न्युयोर्कमा डेमोक्र्याटहरूको वर्चस्वः प्रगतिशील उम्मेदवारहरूको ऐतिहासिक जित
ratopati.com · Wed Nov 04 08:46:03 UTC 2026

अमेरिका । अमेरिकाको मध्यावधि निर्वाचनअन्तर्गत न्युयोर्क राज्यमा डेमोक्र्याटिक पार्टीले शानदार नतिजा निकालेको छ । न्युयोर्क सिटीका महत्वपूर्ण चुनावी प्रतिस्पर्धामा डेमोक्र्याटहरूले वर्चस्व कायम गर्दा वर्तमान गभर्नर क्याथी होचुल पुनः आगामी कार्यकालका लागि निर्वाचित भएकी छन् ।
मध्यावधि निर्वाचनमा न्युयोर्क सिटीका मेयर जोहरान ममदानीद्वारा समर्थित प्रगतिशील उम्मेदवारहरूले अमेरिकी कंग्रेसको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का लागि भएको प्रतिस्पर्धामा निर्णायक जित दर्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)