मन्त्रिपरिषदको निर्णयः मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने
corporatenepal.com · Wed Nov 04 08:46:14 UTC 2026

काठमाडौँ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले ( वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन भन्दै नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर सो पदमा एआईजी मनोज केसीलाई नियुक्त गर्न प्रधानमन्त्री बालेनले यस्तो निर्णय गरेका हुन् । सोही निर्णयबमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कार्कीलाई खटाउने निर्णय पनि बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)