मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए

onlinekhabar.com · Wed Nov 04 08:54:50 UTC 2026

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् ।

केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर स्टार्कले पहिलो इनिङ्समा ७२ रन खर्चेर ६ विकेट र दोस्रो इनिङ्समा ६५ रन खर्चेर तीन विकेट लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)