एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
nepallive.com · Wed Nov 04 08:46:50 UTC 2026
काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् ।
एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका छन् । जसमा आन्द्रे,मोइन,हसन,मलानबाहेक सबै नेपाली खेलाडी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)