नेपाल–भारत द्विपक्षीय बैठक : प्रधानमन्त्री बालेनको भारत भ्रमणमा केन्द्रित
baahrakhari.com · Wed Nov 04 09:08:57 UTC 2026

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत द्विपक्षीय बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा केन्द्रित हुने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु हुनुअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँगको भेटमा उनले यस्तो जनाएका हुन् ।
“आजको हाम्रो छलफल प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहलहरूमा केन्द्रित रहनेछ । यसका लागि विस्तृत कार्यसूची तयार गरिएको छ,” भारतीय विदेश सचिव मिस्रीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)