मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता

ratopati.com · Wed Nov 04 09:23:23 UTC 2026

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ। बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ । कारण हो–तिहार आउनुअगावै फूल फक्रिनु।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यही समयलाई लक्षित गरेर खेती गरेका थिए, तर यस वर्ष तिहार ढिलो परेका कारण फूल दसैँलगत्तै फक्रिएको छ । फूल छिटो फुलेपछि तिहारसम्म बिक्री गर्न सकिने हो कि होइन भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)