पश्चिमसँग सहकार्य गर्न रुस तयार, द्वन्द्व भए सामना गर्ने चेतावनी
kendrabindu.com · Wed Nov 04 09:28:16 UTC 2026

मिन्स्क । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले रुसप्रतिको शत्रुतापूर्ण व्यवहार त्यागे सहकार्य गर्न आफ्नो देश तयार रहेको बताएका छन् । यद्यपि, युरोपले द्वन्द्व सुरु गरे त्यसको सामना गर्न रुस पनि तयार रहेको उनले चेतावनी दिएका छन् ।
बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबार आयोजित युरेसियाली सुरक्षासम्बन्धी चौथो मिन्स्क अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले रुसले पश्चिमी देशसँगको सहकार्यका लागि कहिल्यै ढोका बन्द नगरेको बताए । उनले रुस युरोपसँग युद्ध गर्ने चाहना वा योजना नराख्ने स्पष्ट पार्दै युरोपले युद्ध रोजे त्यसको सामना गर्न तयार रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)