मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा संसदीय मर्यादा र प्रणाली कायम गर्न सभामुखलाई कांग्रेसको पत्र

nepalpress.com · Wed Nov 04 09:30:36 UTC 2026

कैलाली । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय मर्यादा, प्रणाली र मूल्य- मान्यता कायम राख्न सभामुखलाई आग्रह गरेको छ । बजेट प्रकरणमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसदीय अभ्यास र परम्पराको संरक्षण गर्न सभामुखको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउनसमेत माग गरेको छ।संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै संसदीय मर्यादा र प्रणाली कायम राख्न आग्रह गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)