यी पाँच अमेरिकी राज्यमा दशकौंपछि डेमोक्रेटिक फर्किए, कान्सासमा ९४ वर्ष कुर्नपर्यो
ratopati.com · Wed Nov 04 09:40:52 UTC 2026

अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले लामो समयदेखि रिपब्लिकन पार्टीको प्रभाव रहेको पाँच राज्यमा ऐतिहासिक जित हासिल गरेको छ । कान्सास, टेक्सास, साउथ क्यारोलिना, नर्थ क्यारोलिना र आयोवामा दशकौंपछि डेमोक्रेटिक उम्मेदवार सिनेटर निर्वाचित भएका छन् । यीमध्ये कान्सासमा ९४ वर्षपछि डेमोक्रेटिक पार्टीले सिनेट निर्वाचन जितेको हो ।
रोयटर्सका अनुसार, यी राज्यमा डेमोक्रेटिक पार्टीले पछिल्लोपटक सिनेट निर्वाचन जितेको लामो समय भइसकेको थियो । सन् २०२६ को निर्वाचनमा प्राप्त सफलताले ती राज्यमा रिपब्लिकन पार्टीको परम्परागत राजनीतिक वर्चस्वलाई चुनौती दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)