सीताको जन्मथलो जनकपुर र रामको अयोध्या जोड्ने रेलको भोलिदेखि प्राविधिक परीक्षण
clickmandu.com · Wed Nov 04 09:41:27 UTC 2026

काठमाडौं । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। यसै क्रममा रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक परीक्षण (ट्रायल रन) भोलिदेखि सुरु गरिँदै छ ।
यो रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको पौराणिक तथा धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सीमाक्षेत्रको पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा ठूलो उछाल आउने अपेक्षा गरिएको छ । अयोध्यामा भगवान् रामको दर्शन गर्न पुग्ने लाखौं भारतीय श्रद्धालुलाई माता सीताको जन्मस्थल जनकपुरधामसम्म सिधै ल्याउन यो रेल सेवाले रणनीतिक भूमिका खेल्ने विश्वास स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)