मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

kathmandupati.com · Wed Nov 04 09:49:43 UTC 2026

काठमाण्डु – प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ ।

‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन चाँडो बोलाउनुपर्छ भन्ने आवाज आइरहेको छ त्यसलाई मैले सकारात्मक ढंगले हेरेको छु।’ सभामुख डोलप्रसाद अर्यालले काठमाण्डुपार्टी सँग भने, ‘विपक्षी दलहरूको अनुरोधलाई पनि सरकारसामु राखेर छलफल गरेर निर्णय लिन्छौँ। सदन खुलाउने विषयमा गम्भीर छु।’

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)