मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोलबोटेमा ३ दिने साबुन बनाउने तालिम

rajdhanidaily.com · Wed Feb 04 23:37:45 GMT 2026

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ।

प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक सहयोगमा सम्पन्न तालिममा २५ देखि ३० जना महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको थियो। ज्यामिरे, कोलबोटे र गुर्दुम डाँडाका स्थानीयहरू तालिममा सहभागी भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)