मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी संसदमा डेमोक्रेटको जितपछि युरोपेली सेयर बजारमा सुधार, स्वच्छ ऊर्जा र बैंकका सेयरमा उछाल

clickmandu.com · Wed Nov 04 09:59:27 UTC 2026

एजेन्सी । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा ऐतिहासिक जित हासिल गरेसँगै युरोपेली सेयर बजारहरूमा सकारात्मक प्रभाव देखिएको छ । विशेषगरी स्वच्छ (नवीकरणीय) ऊर्जा र बैंकिङ क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा आएको उत्साहजनक वृद्धिले समग्र बजारलाई उकासेको हो ।

बुधबार बिहानको कारोबारमा प्यान–युरोपियन स्टक्स ६०० सूचकांक ०.६ प्रतिशतले बढेको छ । त्यस्तै, बेलायतको एफटीएसई १०० ०.२ प्रतिशत, जर्मनीको ड्याक्स ०.६ प्रतिशत, फ्रान्सको क्याक ०.४ प्रतिशत र इटालीको एफटीएसई एमआईबी १.४ प्रतिशतले वृद्धि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)