नवनियुक्त आइजिपी मनोज केसी गृह मन्त्रालयमा, आजै पदबहाली गर्न अनुरोध
nepalpress.com · Wed Nov 04 10:09:48 UTC 2026

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आइजीपीमा डा.मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै उनी गृह मन्त्रालयमा बोलाइएका छन् । मन्त्रालयस्रोतले जनाएअनुसार उनलाई दिने नियुक्तिपत्र तयार भइसकेको छ ।
आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पद बहाली गर्न मन्त्रालयले अनुरोध गरिरहेको स्रोतले बतायो । तर धार्मिक विधि पूरा गर्नुपर्ने कारण बिहीबारमात्रै पद बहाली गर्ने चाहना उनले व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)