चितवनमा बाघको आक्रमणबाट निउरो टिप्न गएका महतोको मृत्यु
kendrabindu.com · Wed Nov 04 10:13:09 UTC 2026

चितवन । बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए । सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)