मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई धक्का लागेपछि ओबामाले भने– अमेरिकी जनता परिवर्तन चाहन्छन्

barnanmedia.com · Wed Nov 04 10:08:09 UTC 2026

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले हालै सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले अमेरिकी राजनीतिको दिशा बदल्न सक्ने बताएका छन्।निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भइरहेका बेला ओबामाले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अमेरिकी जनताले विभाजनकारी राजनीतिभन्दा एकतामा आधारित राजनीति चाहेको सन्देश दिएको बताएका हुन्।

डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा (हाउस) दुवैको नियन्त्रण आफ्नो हातमा लिन सक्ने प्रक्षेपणसहित निर्वाचन परिणाम सार्वजनिक भएपछि ओबामाको यस्तो प्रतिक्रिया आएको हो।उनले डेमोक्रेट्सका लागि अबको मुख्य जिम्मेवारी कडा परिश्रम गर्दै आफूहरूसँग अधिकार भएका ठाउँमा सुधारका काम गर्नु र थप क्षति हुनबाट रोक्नु रहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)