दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी
gorkhapatraonline.com · Wed Nov 04 10:24:02 UTC 2026

चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क रहन र चीनसँगको सम्बन्धमा हस्तक्षेप गर्ने व्यक्तिमाथि नियन्त्रण गर्न फिलिपिन्सलाई आग्रह गर्नुभएको छ ।
फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारो र वाङबीच मङ्गलबार राति भएको टेलिफोन वार्तामा दुई देशको सम्बन्ध तथा क्षेत्रीय विवादबारे छलफल भएको थियो । दुवै पक्षले कूटनीतिक संवाद जारी राख्ने र आपसी सम्मानका आधारमा मतभेद समाधान गर्ने सहमति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)