मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा साइबर आक्रमण रोक्न स्न्यापसट र एअर–ग्याप्ड ब्याकअप प्रणाली प्रयोग गरिने

corporatenepal.com · Wed Nov 04 10:22:17 UTC 2026

काठमाडौं । सेयर बजारमा हुने साइबर आक्रमण रोक्न इम्युटेबल स्न्यापसट र एअर–ग्याप्ड ब्याकअप दुवै प्रणालीको अनिवार्य प्रयोग गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ ल्याउँदै यस्तो नीति ल्याएको हो ।

गत असोज ४ गते मात्रै नेपाली सेयर बजार साइबर आक्रमणमा परेको थियो । नेप्सेको कारोबार प्रणाली अर्थात् टिएमएस होस्ट गरिएको निजी डेटा सेन्टर डेटा हब प्रालिमा ¥यान्समवेयर नामक भाइरस आक्रमण भएको थियो । त्यसले गर्दा असोज ५ गते सेयर कारोबार नै स्थगन गरिएको थियो । दोस्रो डेटा सेन्टर प्रयोग गरेर ६ गतेदेखि सेयर कारोबार खुलाइएको थियो । त्यो गम्भीर साइबर आक्रमण भएको घटना पछि बोर्डले यस्तो नीति ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)