संघको लाचारीपछि स्थानीय तहकै अग्रसरतामा बन्ने भयो फुर्केखोलामा पोन्टुन ब्रिज
ratopati.com · Wed Nov 04 10:45:00 UTC 2026

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बगायो। पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने पुल नहुँदा जिल्लाको उत्तरी क्षेत्रको सडक सञ्जाल विच्छेद भयो ।
घटना भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि संघीय सरकार र सडक विभागले नयाँ पुल बनाउन वा भरपर्दो विकल्प दिन सकेको छैन । अहिले मासटारदेखि परेवाटारसम्म करिब २८ किलोमिटर कच्ची सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)