स्वास्थ्यचौकी सञ्चालनमा आएन
gorkhapatraonline.com · Wed Nov 04 10:46:10 UTC 2026

धनगडीमाइ नगरपालिका –६ मा निर्माण भएको स्वास्थ्यचौकी पाँच वर्षभन्दा बढी समय भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । स्वास्थ्य चौकी सञ्चालनमा नआएपछि स्थानीयहरु आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन्।
धनगडीमाई नगरपालिकाका पूर्व नगरप्रमुख हरिनारायण चौधरीले वडा नम्वर १, ३, ४, ६, ८ र ११ मा निर्माण गरिएको स्वाथ्य चौकीबाट अहिलेसम्म स्थानीयहरु आधारभूत प्राथमिक उपचार लगायत सेवाबाट बञ्चित भइरहेका छन् । पूर्व नगरप्रमुख चौधरीको अनुसार वडा नम्वर ३ र ११ का स्वास्थ्य चौकी उदघाटन भएको थिएन । वडा नम्वर १, ४, ६ र ८ नम्बर वडामा सेवा सुचारु गर्न गाउँघर उपचार सेवा समेत सुचारु गरिएको सेवालाई अहिले निरन्तरता दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)