डा. केसीसँग वार्ता गर्न चार सदस्यीय वार्ताटोली गठन
gorkhapatraonline.com · Wed Nov 04 10:52:04 UTC 2026

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्राडा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ताटोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)