मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सकियो गोदावरी मेला

aarthiknews.com

ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ ।

मेला अबधीमा मौसममा आएको प्रतिकूलता हुँदा हुँदै पनि कारोबार र अबलोकनकर्ताको उपस्थिती सोचे अनुरुपनै भएको मेला संयोजक सुमन महर्जनले बताए । प्रदर्शनीको पहिलो दिन ८ हजार ९ सय, दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २ सय ५० र पाँचौ दिन ६ हजार ७ सय ५६ जनाले मेला अबलोकन गरेका थिए । मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)