स्थानीय पूर्वाधार विकास विभागका ६ वटा रुग्ण ठेक्का तोड्ने निर्णय
ratopati.com · Wed Nov 04 11:02:44 UTC 2026

काठमाडौँ । सरकारले लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका निर्माण ठेक्काहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयले स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतका प्रगतिको सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्का तोड्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रालयमा स्थानीय पूर्वाधार विकास विभागबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरूको गहिरो समीक्षा गर्दै उक्त निर्णय गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालका अनुसार विभाग अन्तर्गत हाल १९ वटा ठेक्का रुग्ण अवस्थामा रहेका थिए । तीमध्ये काम अघि बढ्ने कुनै सम्भावना नदेखिएका ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)