पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण
gorkhapatraonline.com · Wed Nov 04 11:17:00 UTC 2026

पर्वतको फलेवास नगरपालिकाले राजनीतिक दलमा आबद्ध कर्मचारीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजनीतिक दलका विभिन्न तहका पदमा जिम्मेवारी सम्हाल्दै नगरपालिकामासमेत कार्यरत कर्मचारीलाई प्रचलित कानुनअनुसार हटाउने तयारीस्वरूप नगरपालिकाले पहिलो चरणमा पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का विभिन्न तहका कमिटीमा जिम्मेवारी लिएर काम गरिरहेका कर्मचारी रहेको पाइएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय सुवेदीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)