ममता हत्या प्रकरण : नरेश भट्टविरुद्धको मुद्दा खारेज गर्न अदालतद्वारा अस्वीकार
barnanmedia.com · Wed Nov 04 11:02:55 UTC 2026

अमेरिकाको भर्जिनियामा नेपाली मूलका नरेश भट्टविरुद्ध आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको आरोपमा चलिरहेको मुद्दा अघि बढ्ने भएको छ । अदालतले नरेशका वकिलले मुद्दा खारेज गर्न गरेको माग अस्वीकार गरेपछि सुनुवाइ थप अघि बढ्ने भएको हो ।
भर्जिनियाका न्यायाधीशले अभियोजन पक्षले पेस गरेका परिस्थितिजन्य प्रमाण मुद्दा अघि बढाउन पर्याप्त रहेको ठहर गर्दै प्रतिरक्षा पक्षको माग खारेज गरेका हुन् । अभियोजन पक्षले डीएनए परीक्षण, रगतका नमुना, इन्टरनेटमा गरिएका खोजी तथा निगरानी क्यामेराका दृश्यलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ । यद्यपि, ममताको शव अहिलेसम्म फेला परेको छैन
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)