मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आयरल्यान्डमा सार्वजनिक स्टेसनमा विद्युतीय कार चार्ज गर्दा पेट्रोल र डिजेलभन्दा महँगो पर्ने

clickmandu.com · Wed Nov 04 11:18:12 UTC 2026

एजेन्सी । आयरल्यान्डमा सार्वजनिक चार्जिङ स्टेसनहरूमा विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्ने लागत पेट्रोल वा डिजेल गाडीमा इन्धन भर्नुभन्दा पनि महँगो पर्न थालेको छ । आयरल्यान्डको प्रमुख सञ्चारमाध्यम आइरिस इन्डिपेन्डेन्टका अनुसार, देशको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क प्रदायक ईएसबीले शुल्कमा दोस्रोपटक भारी वृद्धि गरेपछि यस्तो अवस्था आएको हो ।

ईएसबीले शुल्कमा १५ देखि १८ प्रतिशतसम्मको ताजा वृद्धि गरेसँगै एउटा औसत विद्युतीय कारलाई पूर्ण रूपमा चार्ज गर्दा पहिलेको तुलनामा ७ देखि १२ युरोसम्म बढी खर्च लाग्ने भएको छ । यसअघि गत जुलाई महिनामा पनि कम्पनीले चार्जिङ शुल्क बढाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)