मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचन धाँधलीको आरोप अस्वीकार

kendrabindu.com · Wed Nov 04 11:24:36 UTC 2026

जेरुसेलम । इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको जनाएको छ ।

समितिका अनुसार घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको छ । यसैबीच, राष्ट्रपति आइज्याक हर्जोगले बुधबार निर्वाचनको आधिकारिक परिणाम प्राप्त गरेपछि नेतान्याहु वा विपक्षी नेता गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)