मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रिलिजअघि नै १०० करोड नजिक पुग्यो ‘रामायण’, एडभान्स बुकिङबाट ९६ करोड कमाइ

kendrabindu.com · Wed Nov 04 11:31:14 UTC 2026

काठमाडौं । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट वन’ प्रदर्शनमा आउनुअघि नै बक्स अफिसमा ठूलो रेकर्ड बनाउने दिशामा अघि बढेको छ । नोभेम्बर ५ अर्थात् बिहीबारदेखि प्रदर्शनमा आउने फिल्मले रिलिज हुनुअघि नै भारतमा एडभान्स बुकिङबाट ९६ करोड ५६ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार नोभेम्बर ४ बिहान ७ बजेसम्म फिल्मका लागि पाँच दिनका ८३ हजार ३२ शोमा २५ लाख ६५ हजार टिकट बिक्री भएका छन् । यसमा सिनेमा हलले ब्लक गरेका सिटसमेत समावेश छन् । ब्लक गरिएका सिटको टिकट संख्या हटाउँदा फिल्मको एडभान्स बुकिङबाट भएको कमाइ ७७ करोड ३१ लाख भारतीय रुपैयाँ र बिक्री भएका टिकटको संख्या २० लाख ५७ हजारमा झर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)