दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट : विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन सर्वोच्चको आदेश
ratopati.com · Wed Nov 04 11:31:04 UTC 2026

काठमाडौँ। सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालत र उच्च अदालत पाटनबाट सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भट्टको हकमा उनका बुबा चतुर्भुज भट्टद्वारा दायर बन्दीप्रत्यक्षीकरण रिट (मुद्दा नं. ०८३-WH-००८४) मा उक्त आदेश दिएको हो । उक्त रिटमा विशेष अदालत काठमाडौंसमेतलाई विपक्षी बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)