मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वायुयानका पाटपूर्जा आयात गर्न एकद्वार प्रणाली लागू गर्ने सम्झौता

clickmandu.com · Wed Nov 04 11:32:14 UTC 2026

काठमाडौं । हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली अर्थात नेसनल सिंगल विन्डो (एनएनएसडब्ल्यू) लागू गर्ने सम्झौता भएको छ । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) को आयात–निर्यातका लागि आवश्यक पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)