कृषकहरुलाई अनुदानमा आलुको बिउ
gorkhapatraonline.com · Wed Nov 04 11:27:58 UTC 2026

पुतलीबजार नगरपालिका स्याङ्जाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको छ ।
यहाँका १४ वटा वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार चार सय केजी आलुको बिउ करिब सात हजार कृषकलाई दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । जनदेव ८० हजार ५० र खुमल सेतो २५ हजार ३५० केजी आलुको बिउ कृषकलाई वितरण गरिएको सुवेदीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)