मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

canadanepal.com · Wed Nov 04 11:36:11 UTC 2026

काठमाडौं - उत्तरी गोरखाको मनास्लु क्षेत्रमा ठूलो सुख्खा पहिरो खस्ने क्रम जारी रहेको छ। चुमनुब्री गाउँपालिका–५ स्थित क्य्राकको बुम्राङमा मंगलबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झरिरहेको हो।

वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङस्थित साकिमा डाँडादेखि सेराङ खोलासम्म करिब तीन सय मिटर लामो पहिरो खसिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)