हवाई यातायात सहज बनाउन सम्झौता
gorkhapatraonline.com · Wed Nov 04 11:49:10 UTC 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो–एनएनएसडब्ल्यू) सम्झौता भएको छ ।
भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो। यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) को आयात–निर्यातका लागि आवश्यक पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ । यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)