मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

ratopati.com · Wed Nov 04 11:53:39 UTC 2026

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए ।

‘क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठुलो सुक्खा पहिरो झरिरहेको छ’,वडाध्यक्ष लामाले भने, ‘मङ्गलबार बिहान ११ः ०० बजेतिर धुवाँ उडेर पहिरो झर्‍यो । हामी १ः ०० बजेतिर गएर हेरेर फक्र्यौँ । फेरि अहिले गए राति उस्तैगरी झर्‍यो । अहिले हेर्न जाऊँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)