हाम्रा ‘भगवान्’ करोडौँमा बिक्री, केहीलाई विभिन्न मुलुकबाट फिर्ता ल्याए पनि सयौँ बाँकी
ratopati.com · Wed Nov 04 12:00:00 UTC 2026

काठमाडौंँ । नेपालका मठ–मन्दिर, गुम्बा र पुरातात्त्विक स्थलहरूमा पुजिने देवी–देवताहरू विश्व बजारमा करोडौँ र अर्बौं रुपैयाँमा लिलाम भइरहेका छन् । बाटोघाटो, चोक र मन्दिरका खोपाहरूबाट हराएका हिन्दु धार्मिक आस्थाका प्रतीकहरू विदेशी लिलामी गृहहरूमा पुगेर उच्च मूल्यमा बिक्री हुने क्रम रोकिएको छैन ।
यसैको पछिल्लो उदाहरण हङकङमा भर्खरै बिक्री भएको १२औँ शताब्दीको मञ्जुश्रीको मूर्ति बनेको छ । क्रिस्टीज लिलामी गृहमा लामो समयसम्म चलेको प्रतिस्पर्धात्मक बोलीपछि प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको उक्त मूर्ति १३ करोड ७३ लाख ५० हजार हङकङ डलर अर्थात् करिब दुई अर्ब ३७ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । न्यूनतम अनुमानित मूल्यभन्दा दोब्बर बढीमा बिक्री भएसँगै यसले हिमालय क्षेत्रमा निर्मित सुनौलो जलप लगाइएको कांस्य मूर्तिको लिलामीमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)