मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

हवाई पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै

kathmandupati.com · Wed Nov 04 11:54:10 UTC 2026

काठमाण्डु – हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताले हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध गरी अनलाइन माध्यमबाट सेवा उपलब्ध गराउन सहज हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)