मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरक्को विश्वकप फुटबलको ‘नकआउट’ मा, गोल अन्तरमा उपविजेता

hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026

काठमाडौँ । मोरक्को विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा हैटीमाथि ४–२ को सहज जित निकाल्दै मोरक्को समूह सीको समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो ।

मोरक्कोलाई जिताउन एचराफ हाकिमी, इस्माइल साइबरी, सोफियाने रहिमी र जेसिमि यासिनेले एक एक गोल गरे ।

यसअघि खेलमा अग्रता भने हैटीले लिएको थियो । विश्वकपमा दोस्रो पटक सहभागीता जनाएको हैटीले खेलको दशौँ मिनेटमा मोरक्कोका वाई बोनोऊले आत्मघाती गोल गरेसँगै अग्रता लिने अवसर पाएको हो ।

विश्वकपमा यो नै हैटीको पहिलो गोल हो । त्यस्तै ४३ औँ मिनेटमा विल्सन इसिडोरले हैटीलाई अर्को गोल दिलाए ।

यो गोलपछि इसिडोरले आफ्नो देशको कीर्तिमान राख्न सफल भएको भए पनि टिमलाई जिताउन सकेनन् ।

यो खेलपछि लगातार तीन हारसहित हैटी बाहिरिएको छ भने समूह विजेता बन्दै ब्रजिल तथा उपविजेता बन्दै मोरक्को अन्तिम ३२ मा पुगे ।

समान ७ अंक भए पनि गोल अन्तरमा पछि पर्दै मोरक्को दोस्रो हुँदै अन्तिम ३२ मा पुगेको हो ।

हैटी अंकविहीन हुँदै बाहिरिँदा ३ अंकको स्कटल्याण्डको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै छ ।

तीन अंक बटुलेको स्कटल्याण्डको अन्तिम ३२ मा पुग्ने सम्भावना समूह चरणका सबै खेल खेलेपछि मात्र टुंगो लाग्नेछ ।

यो समूहको मोरक्को पनि अन्तिम ३२ मा पुगेको छ भने सन् १९७४ पछि पहिलो पटक खेलेको हैटी भने अंकविहीन हुँदै बाहिरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय