प्रधानन्यायाधीश र न्यायाधीशबाट आफू अनुकूल फैसला नखोज : पूर्वन्यायाधीश फोरम
nepallive.com · Wed Nov 04 12:10:00 UTC 2026

काठमाडौं — पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालतका केही न्यायाधीशको न्यायिक आचरणमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न र न्यायपालिकाको आमूल सुधारका लागि पुनःसंरचना तथा न्यायाधीशहरूको पुनर्नियुक्तिबारे छलफल अघि बढाउन माग गरेको छ।
फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाभित्र देखिएका विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधिप्रति शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै न्यायाधीशहरूको आचरणमाथि उठेका विवादलाई विधिसम्मत प्रक्रियाबाट निरूपण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)