मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नति

nepalviews.com · Wed Nov 04 12:14:21 UTC 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गर्दै आएको इश्युअर रेटिङ डबल ए माइनस (AA−) बाट स्तरोन्नति गरी डबल ए (AA) कायम गरेको छ ।

कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै इक्रा नेपालले रेटिङ बढाएको हो । इक्रा नेपालका अनुसार डबल ए रेटिङ प्राप्त संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता र क्रेडिट जोखिम अत्यन्त न्यून रहेको मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)